इटहरी । तिज विशेष कार्यक्रम सहित विभिन्न कार्यक्रमको आयोजना गरी लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले १६औं वार्षिक साधारण सभा,प्रमाण पत्र वितरण तथा तिज कार्यक्रम  सम्पन्न गरेको छ । आउदै गरेको नेपाली महिलाहरुको महान चाड तिजलाई लक्षित गरी आफना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको समेत आयोजना गरि लोकतन्त्र र न्यायका लागि आमा समुहले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । समुहकी अध्यक्ष कमलकुमारी राईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समुहले सञ्चालन गरेका विभिन्न सिपमुलक तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गरियो । तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका मेयर चौधरीले प्रमाण पत्र प्रदान गरे । तीज विशेष समेत रहेका कारण महिलाहरुले तिजका गितमा नाचगान गरी रमाइलो गरे । सो कार्यक्रमको अवसर पारेर समुहकी सदस्य शारदा राईले अपागंता भएकी विष्णुमाया परियारलाई ह्वीलचेयर प्रदान गरिन । समुहले आयोजनाको वार्षिक साधारण सभा लगायतका कार्यक्रमका विषयमा समुहकी संस्थापक अध्यक्ष कमला खड्काले कार्यक्रमका विषयमा प्रकास पारेकी थिइन । लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले आफना सदस्यहरुलाई आत्मनिर्भर वनाउन विभिन्न किसिमको तालिम सञ्चालन गर्दै आएको छ । यस पटक ३० जनालाई क्रिस्टल माला हार, गुडिया फेव्रिकेट माला , भुजिया निम्की वनाउने तालिम प्रदान गरेको थियो । तालिममा मनिका कार्की , सरस्वती बस्नेत , सुषमा खड्का , बर्ता गुरुगं र अनिस्का तामागंले सहजिकरण गरेको स्थापक अध्यक्ष खड्काले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया