इटहरी । आज श्रीकृष्ण जन्माष्ठमीको भोेली पल्ट अर्थात श्रीकृष्ण रथयात्रा गर्ने दिन पुर्वी नेपालका विभिन्न ठाउँहरुमा श्रीकृष्णको रथयात्रा भव्य रुपमा गरिएको छ ।
हरेक वर्ष झै यस वर्ष पनि इटहरीको राधाकृष्ण शिव मन्दिरबाट श्रीकृष्णको रथयात्रा निकाल्यो । राधाकृष्ण शिव मन्दिरवाट निकालिएको रथयात्रा इटहरीका मुख्य बजार क्षेत्र परिक्रमा गरि पुन ः मन्दिरमै पुर्याएर समापन गर्ने गरिन्छ ।
इटहरीमा निकालिने रथयात्रामा ठुलो संख्यामा भक्तजनहरुको सहभागिता रहने गरेको छ । रथयात्राका क्रममा श्रीकृष्णका भर्जनकिर्तन गर्दै नाचगान सहित सहभागी हुने भक्तजनको संख्या उल्लेखिय रहने गरेको छ । श्रीकृष्ण जन्मअष्ठमीका दिन भजनर्कितन सहित श्रीकृष्णको पुजाआर्चना गर्ने र भोली पल्ट रथयात्रागर्ने गरिन्छ । रथयात्रामा क्रममा भक्तजनहरुको सुविधाका लागि इटहरी जेसिज, इटहरी जुनियर जेसिज लगायतका संघ सस्थाहरुले पिउने पानी र सर्वतको व्यवस्था गरेका थिए । नेवा पुच ले लाखे सहित सहभागिता जनाएको थियो भने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरी धार्मिक झाकी सहित सहभागीता जनाएको थियो । हरेक वर्ष इटहरीमा राधाकृष्ण शिवमन्दिरले श्रीकृष्ण जन्माष्ठमीको भोली पल्ट श्रीकृष्णको रथयात्रा निकाल्दै व्यवस्था गर्दै आएको छ ।
त्यसै गरी श्रीकृष्णको रथयात्रा सुनसरी सदरमुकाम इनरुवामा रहेको राधाकृष्ण मन्दिरबाट समेत निकाल्ने गरिएको छ । मोरगंको विराट चौकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरबाट समेत रथयात्रा निकाल्ने गरिएको छ । पछिल्ला केही वर्ष यता देखि कृष्ण मन्दिर रहेका ठाउँहरुका भक्तजनहरुले श्रीकृष्ण जन्माष्ठमीको भोली पल्ट रथयात्रा निकाल्ने चलन शुरु भएको छ ।

तपाईको प्रतिक्रिया