सुन्दरहरैचा, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मोरगंको सुन्दरहरैचा ५ मा रहेको राधेश्याम सेवा ट्रस्ट नयाँ बृन्दावन गौशालाले बुढी खोला किनारमा गंगा आरती गरेको छ । ट्रस्टले नेपालकै ठुलो राधाकृष्णको मन्दीर रहेको बुढी खोला किनारमा पहिलो पटक गंगा आरती गरीएको हो ।

ट्रस्टले हरेक बर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । यो बर्ष पनि अन्य संस्कृतीक कार्यक्रम सँगै गंगा आरतीको सुरुवात गरीएको ट्रस्टका संरक्षक दिनवन्धु सास्त्रीले बताएका छन् । उनले यसै बर्ष राधा कृष्णको मुर्ती प्रतिस्थापन गरीयो, गुरुकुल चलाईयो, स्थानघाट वनाईएको र स्थानघाट सँगै गंगा आरती अनीबाय रहेकाले यो पटक बाट सुरुवात गरीएको बताएका छन् । सास्त्रीले यो बर्ष बाट सुरुवात गरीएको आरतीले हरेक बर्ष निरन्तरर्ता पाउने पनि बताएका छन् ।

राधेश्याम सेवा ट्रस्टले बुढी खोला किनारमा स्थापना गरेको स्नान घाटको उद्धघाटन गर्दै सुन्दरहरैँचाका मेयर शिवप्रसाद ढकालले गौसाला नगरभरीकै आकर्षीत धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकासहुँदै गएको बताएका छन् । हिन्दु धर्मावलम्भीहरुको आस्ताको रुपमा रहेको यो स्थान, गंगा आरतीले अझ पवित्र र आकर्षीत भएको बताए । ढकालले बिश्वको अग्यो गाईको प्रतीमा पनी बन्ने र यसको कार्य थालनी भईसकेको बताएका छन् । उनले अन्य प्राविधिक समस्या नआए यो बर्षनै गाईको प्रतीमाले पुर्णता पाउने समेत आश्वासन दिएका छन् ।

ढकालले गौसाला क्षेत्रको विकास हुँदा यहाँका जनताको पनि विकास हुने जनताको बिकाशहुँदा नगरपालीका नै बिकशीतहुने तर्क गर्दै नगरपालिकाले गौशाला क्षेत्रको विकासको लागी खर्चगर्न कुनै कसुर बाँकी नराख्ने पनि बताए । उनले बिगतका केही कुरा स्मरण गर्दै भने गाईको प्रतीमाको लागी छुट्याएको बजेटमा गरीएको गलत प्रचारबाजीले आफु अझ बलीयो भएको बताएका छन् । उनले हिजो बिभिन्न सामाजीक संजालमा गलत प्रचार गर्ने आजको गंगा आरतीको अग्रपंक्तमा उभिएको देख्दा खुसी लागेको बताए । उनले थप्दै भने भोली गाईको प्रतीमा स्थापना भईसकेपछी तिनै बिरोध गर्ने पहिला सेल्फी खिचेर सामाजीक संजालमा हाल्ने बिश्वास लिएको बताएका छन् । उनले बिरोधको लागी बिरोध नगरौं सुन्दरहरैचा बिकशीतहुँदा यहाँका जनता पनी बिकशीतहुने बताए ।

गंगा आरती निकै भब्यताको साथ सम्पन्न भएको छ । धरानको पिण्डेश्वर बाट आएका बिद्यार्थीले आरती गरेका थिए ।

तपाईको प्रतिक्रिया