- राज पोखरेल

सुन्दरहरैचा, श्री कृष्ण जन्माष्टमीको एतिहासिक अवसरमा भोली सुन्दरहरैचामा बृहत् रथयात्रा निकालिने भएको छ । रथयात्रा सुन्दरहरैचा स्थित विराटचौकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरले निकाल्न लागेको हो ।

हरेक वर्ष निकालिने रथयात्रा यो वर्ष भने फरक शैलीबाट निकालिने आयोजकले बताएको छ । श्रीकृष्ण प्रणामी मन्दिर विराटचौकबाट शुरु भई नगरका विभिन्न भागको परिक्रमा गरिने आयोजकले बताएको छ । त्यस्तै भोलीको रथयात्रा सगसगै आयोजकले हेलिकप्टरको माध्यमबाट पुष्पवर्षा गरिने बताएको छ ।

भोलीको रथयात्रा दिउँसो २ बजेबाट शुरु हुने समेत आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया