सुनसरी, दैनिक ठुलो मात्रामा रोजगारीको सिलशिलामा युवाहरु बाहिरीने क्रम रोकिएको छैन । नेपाल सरकारले रोजगारी मुलक कार्यक्रम ल्यापनी यो प्रभाकारी रुपमा व्यबहारमा देखिएको छैन ।

अझैपनि दैनिक हजारौँको सङख्यामा  नेपाली युवा रोजगारीका निम्ति बाहिर जाने क्रम जारी छ । यसरी ठुलो मात्रामा युवाहरु बाहिरीने क्रम चलीरहदा धनकुटा चौबिसे गाउँपालिकाका वडा नं ६ का सङखलाल लिम्बुले भने १४ बर्ष खाडी मुलुकमा परीश्रम गरी हाल स्वदेश आएर कृषि व्यबसायमा लागी परेका छन् । उनले बर्षेनि ठुलो मात्रामा सब्जि उत्पादन गरी स्थानिय बजारमा निर्यात गर्दछन । उनले ४ रोपनिबाट सुरु गरेको व्यबसाय अहिले १० रोपनि सम्म फैलीएको छ । उनि भन्छन अन्य गर्ने परिश्रम र मेहेनत आफ्नै देशमा गरे यहि सफलता पाइन्छ । उनले समय अनुसारको तरकारी, फलफुल, खोर्सानि उत्पादन गर्दछन् । उनि कृषि व्यबसाय सङगै पशुपालनमा व्यबसायमा पनि उनि उत्तिकै सकृय छन् । हाल उनले २० वटा बाख्रा गाई सुगुर आदी पाल्दै आएका छन् । उनि भन्छन बिदेशमा ४५ डिग्रीको घाममा १२ घण्टा खटेर काम गर्नु र यहाँ परिवार सङगै बसेर मेहेनत गर्नु बिदेशभन्दा यहाँ राम्रो आम्दानि हुने कुरा बताउछन् । लिम्बु भन्छन मैले यो व्यबसाय थालेको १ बर्ष भयो एक बर्षमा विदेशमा कमाएको भन्दा यहाँको आम्दानि बढि छ । यहाँबाट उत्पादित कृषि जन्य बस्तु धनकुटा लगाएतका बिभिन्न जिल्लामा पुग्ने गर्दछ ।
शप्तकोशि अनलाइन संग कुरा गदै उनि भन्छन एक पटकको सिजनमा कोपि ७० हजार, खोर्सानि १ लाखको निर्यात भयो । पशुपालन बाट पनि सन्तोषजनक नै आम्दानि छ ।
अझैनि गाउँमा पशु डाक्टर नभएका कारण व्यबसाय गर्न समस्या हुन्छ गाई, बाख्रा सुगुर बिरामि हुदा गाउमा डाक्टर आउन मान्दैनन्, बेला बेलामा उपचार नपाएर पशको मृत्यू हुने गरेको छ । सरकारले अहिलेसम केहि सहयोग गरेको छैन दाना पानि उपचार खर्चमा केहि राहत पाय व्यबसाय गर्न सजिलो हुने बताउछन् । सरकारले केहि राहत दिए व्यबसायलाई अझ व्यबस्थित गरि व्यबसाय सञ्चालन गर्ने सोच रहेको बताउछन् ।
दैनिक ठुलो मात्रामा विदेशीने दाजुभाइहरुले विदेशमा जति मिहिनेत श्रम यहिँ गरे आफ्नै ठाउबाट पनि राम्रो आम्दानी हुने हुदा बाहिर जानुको अर्थ नरहेको बताउछन् ।

तपाईको प्रतिक्रिया