धनकुटा । चिसो न्यानो सुन्दर धनकुटाको ताजा तरकारी, कृषि आधुनिकिकरण व्यावसायिकरण तथा खाध्य सुरक्षा हाम्रो समझदारी भन्ने मुल नाराका साथ प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, तरकारी जोन सिधुवा धनकुटाले आफ्नो बार्षिक प्रगति समिक्षाका साथै चालु आ.व.का कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
जोन सञ्चालक समितिका अध्यक्ष बेग बहादुर खड्काको अध्यक्षता एवंम महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको प्रमुख आतिथ्यतामा तरकारी जोन सिधुवाले आ.व.२०७५÷७६ सम्मको बार्षिक प्रगति समिक्षा तथा आ.व.२०७६÷७७ को बार्षिक कार्याक्रम सार्वजनिक गरेको कार्यालयका प्रमुख देवेन्द्र शाहुले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७३÷७४ मा एक करोड एक लाख ९१ हजार बार्षिक बजेट आएको थियो भने गत आ.व. २०७४÷७५ मा दुई करोड ९९ लाख बजेट आएको र आ.व.२०७५÷७६ मा दुई करोड १८ लाख ९१ हजार बजेट बिनियोजित गरे बमोजिमको काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
प्रत्येक बर्ष किसानको मेहनतलाई हेर्दै विनियोजित बजेट बढेको पाईन्छ । गत बर्षहरुको भन्दा यस आ.व.२०७६÷७७ का लागि दुई करोड २० लाख ५७ हजार बजेट बिनियोजन गरिएको छ ।
जसमा अन्य संस्थालाई शर्शत चालु र पुजिगत अनुदान शीर्षक अन्र्तगत कृषि औजार, मेसिनरी, उपकरण मर्मत सम्बन्धि वर्कशप संचालन सहयोग, एग्रिमार्ट स्थापना सहयोग, कृषि प्राबिधिक शिक्षालय संचालन सुदृष्ढिकरण सहयोग, स्थायी पालिहाउस÷टनेल हाउस निर्माण, भकारो सुधार सहयोग कार्यक्रमलगायतका शिर्षकमा दश करोड सात लाख ५० हजार रुपैयाँ बजेट बिनियोजित भएको कार्यालय प्रमुख शाहुले बार्षिक समिक्षा गोष्ठिमा सार्वजनिक गर्नु भएको हो ।
यसैगरि कष्टम हायरिङ्ग कार्यक्रम, कृषि चुन अनुदान वितरण, गाँठे रोग नियन्त्रण सामाग्री, डिजिटल तराजु अनुदानमा वितरण, आई पि.एम.कृषक पाठशाला, कृषि मेला सञ्चालनलगायतका शीर्षकमा एक करोड १३ लाख सात हजार रुपैयाँ बजेट बिनियोजित गरिएको कार्यालयले जनाएको छ ।
गत तीन बर्षदेखि धनकुटाको सिधुवामा सञ्चालनमा आएको जोन कार्यालयले हरेक बर्ष बिभिन्न कार्याक्रमहरुका माध्यमबाट किसानहरुलाई सचेत गराउदै अर्गानिक खेतितर्फ आर्कषण गर्न कृषि मेला प्रर्दशनि, तरकारीमा लाग्ने किराको प्रयोगकालागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया