धनकुटा । धनकुटामा जिल्लाका बुद्धिजीवीहरूका विचमा अन्तरक्रिया पछि बनेको मस्यौदा समितिले बिधान र कार्ययोजनाको मस्यौदा तयार गरेको छ । मंगलबार बसेको बौद्दिक समाज नेपालको दोस्रो बैठकले सस्था दर्ताकालागि नौ सदस्यिय तदर्थ समित चयन गरेको छ । लोकेन्द्र रायामाझिको अध्यक्षतामा चयन गरिएको कार्य समितिलाई बुद्धिजीवीहरूको भेलाले पारित गरेको थियो । उक्त समितिको उपाध्यक्षमा बिपिन कुमार श्रेष्ठ, सचिवमा घनश्याम बराल, सह सचिवमा कोकिला भण्डारी, कोषाध्यक्षमा नारायण पौडेल, सदस्यमा कुसुम राना, लोका रिजाल, भोलानाथ घिमिरे, सुदर्शन घिमिरे रहनु भएको संस्थाका संस्थापक जगदिस रेग्मिले जानकारि दिए । नव निर्मित कार्य समितिले बिधान दर्ताको लागि धनकुटा नगरपालिकाको सिफारिस सहित आवश्यक प्रमाण कागजहरू सम्लग्न गरी जिल्ला प्रशासन कार्यालय धनकुटामा बौद्दिक समाज नेपाल धनकुटाको बिधान दर्ता गर्न पेश गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया