रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपाली झुण्डिएको अबस्थामा मृत फेला परेका छन । कोरियाको बुसान क्षेत्रमा कार्यरत काभ्रे  बेथानचोकका केदार तिमल्सिना गएराती मृत अबस्थामा फेला परेको हुन ।

“निकै दुखत घटना घटेको र आहिले आफु सो वारेमा बयान दिन प्रहरी चौकी आएको “संगै कार्यरत एक नेपालीले वताए ।अन्दाजी २९ बर्षिय बिबाहित मृतक तिमल्सिना काभ्रे सम्पर्क समितिका पुर्व सदस्य पनि हुन् ।के कति कारणले आत्महत्या गरे वा हत्या भयो सो वारेमा खुल्न सकेको छैन । हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ ।

घटनावारे अनौपचारिक रुपमा जानकारी आएको र थप जनाकारी लिने प्रयास भैरहेको कोरिया स्थित नेपाली दुतावसका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए ।

 

तपाईको प्रतिक्रिया