इटहरी,इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको लेखा शाखामा विद्यार्थी सङ्ठनले तालाबन्दी गरेका छन् ।

नयाँ शैक्षिक शत्र शुरु हुनै लाग्दा क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी सङ्गठनले विरोध जनाउँदै तालाबन्दीको चेतावनी दिएका थिए ।
शुल्क वृद्धि फिर्ता नलिए भोलि बिहीबार बिहान ७ बजे क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरिने ती सङ्गठनले जनाएका छन् ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

तपाईको प्रतिक्रिया