इटहरी,  उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा  शैक्षिक मेला हुने भएको छ । इन्टरनेस्नल इडेन एकेडेमी कन्सलटेन्सी, इटहरीले विगत वर्ष झै यस वर्ष पनि अन्तराष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागेको छ ।

उक्त मेलामा अमेरिका, क्यानेडा, अस्ट्रेलिया, न्युजल्याण्ड, जापान र भारत लगायतका १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुका आधिकारीक प्रतिनिधिहरुको उपस्थिति रहने छ । कक्षा १२ उतिर्ण गरेका तथा Bachelor, Master र Phd गर्न चाहने विद्यार्थीहरुका लागि शुवर्ण अवसर हुने छ । भाद्र ९ गते दुर्गा पार्टी प्यालेसको हलमा उक्त कार्यक्रम गर्ने भएको छ । कार्यक्रम बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म हुने छ । साथै यस कलेजले निःशुल्क प्रवेश , निःशुल्क परामर्श, IELTS सकेका विद्यार्थीका लागि Spot Admission, Spot IELTS Registration , IELTS पढ्ने विद्यार्थीका लागि ५०% छुटको व्यवस्था समेत हुने जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया