इटहरी । पुर्वका चर्चित कलाकार प्रकास सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मिराजको प्रोमो युटुवमा सार्वजनिक गरिएको छ ।
नेपालीहरुको महान चाँड दशैको अवसर पारेर रिलीजको तयारीमा रहेको मिराजको प्रोमो युटुव मार्फत सार्वजनिक गरिएको हो ।
योगिराम फिल्मसको दोस्रो प्रस्तुतिका रुपमा निमार्ण भएको मिराजमा कलाकार तथा निर्देशक प्रकास सुब्बाले दोहोरो भुमिकामा देखा पर्ने छन । सानो बालकको भुमिकाका लागि सुब्बाले २२ केजी तौल घटाएर अभियन गरेको उल्लेख गरिएको छ । बालमनोविज्ञानमा आधारित चलचित्र मिराजको छायाँकन पुर्वी नेपालका विभिन्न ठाउँहरुका साथै भारतका केही ठाउँमा समेत छायाँकन गरिएको कलाकार दिनेश कोइरालाले जानकारी दिए । मिराजमा कलाकारहरु शिशिर सुवेदी ,कविता गेलाल, प्रकास सुब्बा , अशोक चेम्जोगं,तिर्थ यक्सो, दिनेश कोइराला , तुलसी घिमीरे लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया