सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा सिङ्गिङ आइडल २०७६ हुने भएको छ । सुन्दरहरैचा नगरपालिकालाई कार्यक्षेत्र बनाई भर्खरै स्थापना भएको सुन्दरहरैचा सास्कृतिक परिवारले उक्त आइडलको आयोजना गर्न लागेको हो ।

सस्थाले आज पत्रकार सम्मेलन मार्फत आइडलको प्रथम अडिसनको मिती सार्वजनिक गरेको हो । कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलन मार्फत सस्थाका अध्यक्ष आनन्द बस्नेतले भदौ १३ गते देखी उक्त आइडलको प्रथम चरणको अडिसन हुने जानकारी गराए ।

बस्नेतले भदौ १३ गते शुक्रबार सुन्दरहरैचा स्थित जुपिटर बोर्डिङ स्कुल, गछिया मा र भदौ १४ गते शनिबार सिदार्थ बोर्डिङ स्कुल खोर्सानेमा अडिसन हुने जानकारी दिए ।

सुन्दरहरैचामा नै पहिलो पल्ट् यस्तो किसिमको अडिसन आयोजना गरेको बस्नेतले बताउदै अडिसनमा ३०० भन्दा बढी प्रतियोगीहरु हुने अनुमान गरेको बताउछन । उअन्ले प्रथम चराणको अडिसन सम्पन्न भए पश्चात भदौ २१ गतेको सेमिफ्यानअलबाट १० जना छनौट गरी प्रतिस्पर्धी १० जनालाई दुई हप्ता प्रशिक्षण गराई असोज ११ गते फाइनल कार्यक्रम गर्ने जानकारी दिएका छन ।

बस्नेतले उक्त आइडलमा प्रथम हुनेलाई ट्रफी र प्रमाणपत्र सहित नगद रु २५,००० , दोस्रो हुनेलाई ट्रफी र प्रमाणपत्र सहित नगद रु १५,००० र तेस्रो हुनेलाई ट्रफी र प्रमाणपत्र सहित नगद रु १०,००० ले सम्मान गरिने जानकारी दिए ।

उक्त आइडलमा सुन्दरहरैचा बसोबास गर्न जो कोही पनि सहभागी हुन पाउने बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया