इटहरी, प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु भएको छ । एस. डी।फुटसल र इटहरी जेसिसको सयुक्त आयोजनामा शुरु भएको यस प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहने एस. डी फुटसलका संचालक सेनेट रिजालले बताए ।

इटहरीलाई खेलकुदको शहरको रुपमा परीचित गराउन साथै बैक-बैक बिचको सम्बन्ध सुमधुर बनाउन आयोजना गरिएको यस उक्त प्रतियोगिताबाट नाफा भएको केहि रकम सामाजिक क्षेत्रमा प्रयोग गर्ने रिजाल बताउछन ।

२ दिन सम्म आयोजना हुने यस प्रतियोगितामा भोली फाइनल खेल एस. डी फुटसल कै खेल मैदानमा हुने रिजालले जानकारी दिए । उक्त प्रतियोगितामा उपाधि बिजेताले सिल ,मेडल र पाउने छन त्यसै गरि उपविजेता टोलीले पनि शिल मेडल र जर्सी पाउने छन ।

तपाईको प्रतिक्रिया