चितवन प्रहरीले आत्महत्या प्रकारणमा पक्राउ गरिएको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ ।

आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल यसअघि न्युज ट्वान्टी फोको काठमाडौको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी कलंकीबाट पक्राउ परेकी रितु कार्की समेतलाई बिहीबार अबेर चितवन पुर्याएको थियो । प्रहरीले साउन २१ मा चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएको पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।

प्रस्तोता लामिछानेले अनुसन्धानलाई सहयोग गर्ने बताउदै आएकाछन ।  उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया