इटहरी । नेवाः पुचः इटहरीको आयोजनामा बिभिन्न कार्यक्रम गरि गाईजात्रा मनाईएको छ । पृतिको सम्झनामा नेवार समाुदायले प्रत्यक वर्ष मनाउदै आएको गाईजात्रा यो वर्ष पनि नेवाःपुचःको आयोजनामा मनाईएको हो ।
काठमाण्डौ,क्तपुर, धरान लगायतको क्षेत्रमा मात्र भब्यरुपमा मनाईने गाईजात्रा पछिल्लो समय इटहरीमा पनि बिशेष गरेर मनाउन थालिएको संस्थाका अध्यक्ष बिनोद चोच्छेले बताए । परावुर्व कालमा पुर्खाहरुले पृतिको सम्झानामा वर्ष भरि शोक परेका घरबाट गाईजात्रा निकाल्ने र बजार परिक्रमा गराएर राधाकृष्ण मन्दिरमा बिर्सजन गर्ने प्रचलन रहेको अध्यक्ष चेच्छेले बताए ।
युवा पुस्तालाई पनि सस्कृति, परम्परा लाई जोगाई राख्न निरन्तरता दिनु पर्छ भन्ने सिकाउन पनि यस्तो परम्परलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।   त्यसै गरी प्रदेश १ को खोटाङ्ग,ओखलढुगां,धरान लगायतमा पनी गाईजात्रा मनाइदै छ ।

तपाईको प्रतिक्रिया