इटहरी । साउने पुर्णिमाका दिन अर्थात रक्षाबन्धनलाई लक्षित पुर्वी नेपालका बजारहरुमा राखि तथा रक्षाबन्धनका लागि आवश्यक सामाग्रीहरु किन्नेको बजारमा भिड लागेको छ ।

पुर्वी तराईको पहाडि तथा मैथली समुदायको मिश्रीत बसोबास रहेको सुनसरीका विभिन्न बजार क्षेत्रमा रक्षबन्धन डोरा किन्ने देखि राखी लगायतका सामाग्रीहरु किन्नेहरुको भिड लागेको हो ।

रक्षाबन्धनका दिन मैथली समुदायका मानिसहरुले रक्षावन्धन र राखि पर्व एक साथ मनाउने गर्दछन भने पहाडि समुदायका मानिसहरुले जैन लगाउने र रक्षाबन्धन लगाउने गर्दछन । रक्षाबन्धनका लागि ब्रामह्णहरुले रक्षाबन्धन डोरी किन्ने गर्दछन भने मैथली समुदायका दिदीबहिनीहरुले दाजुभाइलाई राखी र उपहार दिने गरेका कारण समेत बजारमा यस्ता सामाग्री किन बेच गर्नेहरुका कारण चहलपहल बढेको हो ।

राखि लगायतका सामाग्रीहरुको माग बढी हुने भएको कारणले साउने पूर्णिमाको अघिल्लो दिन अन्य दिनको तुलनामा बजारमा मानिसहरुको चहलपहल बढी हुने गरेका कारण उपभोक्तालाई लक्षित गरी राखि लगायतका सामाग्रीहरु सडक किनारामा राखेर विक्री गर्ने कार्य पनि केही वर्ष अघि देखि हुदै आएको छ । भारतीय बजारबाट भित्रने राखी लगायतका विभिन्न प्रकारका राखीहरुको नेपाली बजारमा समेत पाइने गरेको छ । उपभोक्ताहरुको गच्छे अनुसार राखी खरिद गर्ने गरेका छन । इटहरी क्षेत्रमा बिकीका लागि राखिएको राखिमा पाँच रुपौया देखि ३सय सम्मको रहेको बिके्रताहरु बताउछन । साउने पूर्णिमा दिन दिदीबहिनीको हातबाट राखि बाधे दिर्घायु हुने जनविश्वास रहेको छ । पछिल्लो समयमा मैथली समुदायका मानिसहरुको सिको गर्दै पहाडि मुलका मानिसहरु समेत आफना दिदीबहिनीहरुको हातबाट राखी लगाउन थालेका छन ।

तपाईको प्रतिक्रिया