शम्भुशरण माध्यमिक विद्यालयका छात्रा एक्कासी रुन, कराउन तथा बेहोस् हुन थालेपछि विद्यालयका शिक्षक चिन्तित भएका छन्।

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुरमा रहेको यस स्कुलका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखिएपछि विद्यालय बन्द भएको छ। विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रा एक्कासी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार तिमिल्सिनाले बताए। उनले भने,ु छात्रामा एक्कासी त्यस्तो लक्षण देखिएपछि स्थानीय स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर स्वास्थ्य जाँच गरायौं। छात्रामा मास हिस्टेरियाको सम्भावना रहेकाले केही समयका लागि बन्द गरिएको हो।ु
मनोवैज्ञानिका अनुसार गर्मीको कारणले पनि छात्रामा यस्तो समस्या आउन सक्छ। विद्यालयका अनुसार बेहोस हुनेमा कक्षा १० र ८ का छात्रा बढी छन्। छात्रामा कराउने, हातगोडा फाल्ने, दौडने र डराउनेजस्ता लक्षण देखिएको प्रधानाध्यापक तिमिल्सिनाले जानकारी दिए।

तपाईको प्रतिक्रिया