मोरङ ,मोरङको सुन्दरहरैचा नगरपालिकाको बिराटचोकमा नझरेका फुलहरुले नामक संस्थाले पलेँटी साँझ आयोजन गर्ने भएको छ ।
भदौ ५ गते हुने सास्कृतिक कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । शृङ्खलाको १५ औ सस्करणको साझमा गायक कर्णदासलाइ पनि सम्मान गरीने छ । सोहि अवसरमा अभिनेता भुवन के सि को पनि प्रस्तुति रहने छ । साहित्य कला र सङगित र संकृतिको संरक्षण र सम्बद्धनका निम्ति विगत ३ वर्ष देखि सञ्चालन पलेँटी साँझमा ख्याति प्राप्त कलाकार एवम सष्टाहरुले सहभागीता जनाइरहेका छन् । सष्टाहरुलाई सम्मान र भाषा साहित्य कला सङगित, सस्कृतिको संरक्षण र विकास गर्न नझरेका फुलहरुले नियमित रुपमा कार्यक्रम सञ्चालन गदै लैजाने प्रस्तोता केपि घिमिरेले बताए । यसपटक गायक कर्णदास, अभिनेता भुवन केसी, सहित साहित्यकार अमृतप्रसाद आचार्य, बादल देबि चाम्लिङ र गायिका सुनिता लिम्बुको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन प्राप्त गर्ने छन् । यस अगाडिका शृङखलामा गायक लाप्पा शेर्पा , यम बराल , रामकृष्ण ढकाल , लेखु विवश कुवेर नेपालि, हेमन्त शर्मा , राज सिक्देल, सत्यकला राइ, तुलसि पराजुलि , वरिष्ठ सङगितकार राजु सिंह , गितकार तथा सङगीतकार रमेश कार्कि , लोक गाएक एम.पि जोसि साहित्यकार मनुमञ्जिल स्थानिय सष्टाहरु जे.बि घुलुङ, रेखा सुबेदी , तिला लेकालि , तारा पराजुलि , हेमन यात्रि , सञ्जीब धिमाल , यमुना पराजुलि, मीनकुमार नवोदित श्रेष्ठ लगायत २ दर्जन भन्दा बढि स्रष्टाहरुको प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया