सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन ।

मंगलबार सामान्य घरायसी झगडा भएको कारण बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

घरमा कोही नभएको मौका छोपेर प्रदिपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। घाँटी थिचेर गम्भिर घाईते भएकी आनन्दीलाई उपचारकालागि बिराटनगर लगिएकोमा उपचारकै क्रममा मंगलबार राति आनन्दीको मृत्यु भएको जनाईएको छ । हत्यामा संलग्न प्रदीप भने फरार रहेका छन्। प्रदिपको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया