इटहरी । महिला जनप्रतिनिधिहरुलाई भाषणकलामा अझ बढी निपुर्ण बनाउने उदेश्यले सुनसरीको इटहरीमा भाषणकला प्रशिक्षण दिइएको छ ।

जेसिज सप्ताह अन्र्तगत इटहरी लेडि जेसिजले इटहरी उपमहानगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई एक दिने भाषणकला प्रशिक्ष दिएको हो ।

इटहरीका २०वटै वडाका महिला जनप्रतिनिधीहरुलाई लक्षित गरि सञ्चालन गरिएको भाषणकला प्रशिक्षण कार्यक्रममा इटहरी जेसिजका पुर्व अध्यक्ष कमलेश शर्मा पौडेलले सहजिकरण गरेका थिए । इटहरी लेडि जेसिजकी अध्यक्षा सिता रसाइलीको अध्यक्षता तथा १ नम्बर प्रदेस सभा सदस्य उमिता रसाइलीको प्रमुखआतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अभिष ढकाल लगायतको उपस्थिती रहेको थियो । प्रशिक्षण लिन इटहरी उपमहानगरपालिकाका सवै जसो वडाका महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया