बलात्कारको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका- कुशहाका ४० वर्षीय मो समिर अख्तरलाई प्रहरीले पक्राउ गरेको छ।

अर्का फरार आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजि भइरहेको सप्तरी प्रहरीले जनाएको छ। नुन किनेर फर्कदै गरेका बेला ०७५ चैत १० गते बाटोबाटै बालिका अपहरणमा परेकी थिइन्। आरोपितले बालिकालाई नियन्त्रणमा लिई मुखमा कपडाले बाँधेर कल्याणपुरस्थित कोठामा राखी बलात्कार गरेको र दोस्रो दिन चैत ११ गते राजविराजस्थित सागर लजमा ल्याई फेरी बलात्कार गरेर फरार भएको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका( कुशहाका ४० वर्षीय मो समिर अख्तरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीको महान् चाड इद उल अजहा अर्थात् बकर इद पर्व मनाउन घर आएका बेला समिर पक्राउ परेका हुन् । अर्का फरार आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजि भइरहेको सप्तरी प्रहरीले जनाएको छ। कोठामा राखी बलात्कार गरेको र दोस्रो दिन चैत ११ गते राजविराजस्थित सागर लजमा ल्याई फेरी बलात्कार गरेर फरार भएको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
पीडित बालिकाका बुवाले चैत ११ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गरी सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको जनाएको छ। पीडितका अनुसार नामथर थाहा नभएका अर्का एक युवक पनि घटनामा संलग्न छन्। ती अपरिचित युवकले मोटरसाइकलमा ल्याउन र लैजान सहयोग गरेको पीडितले बताएकी छिन्।

तपाईको प्रतिक्रिया