एक युवाले ससुराली गएकी श्रीमती, सासु र सालालाई खुकुरी प्रहार गरेका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खमारीबाँसका २७ वर्षीय चिरन घर्तीले सोमबार राती भूमिकास्थान नगरपालिका वडा नम्बर ८ लम्चीमा ससुरालीमा गएर आफ्नी श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारवाट श्रीमती १८ वर्षिया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र साला ११ वर्षिय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया