बिहे गरिसकेपछि घरको पारिवारिक वातावरण राम्रो होस् भन्ने हरेक घरको चाहना हुन्छ । बिहे गरेसँगै घरमा नयाँ सदस्यको आगमन हुन्छ भने, पतिको लागि पत्नी जीवनसाथी बनेर हरेक सुख–दुखःमा साथ दिन आउँछिन् । श्रीमान–श्रीमतीको सम्बन्धले घरको वातावरणलाई शान्तपूर्ण राख्न सहयोग पु¥याउँछ ।

 

तर हाम्रो समाजमा मद्यपान गर्ने श्रीमानको कारणले श्रीमतीले अनेकौं समस्या झेल्नुपर्ने र दुवैको सम्बन्धमा खलल पुग्ने हुन्छ । जसका लागि श्रीमतीले अनेक प्रयास गर्दा पनि श्रीमानले आफ्नो लत छाड्न सक्दैन । यसका लागि कसरी श्रीमानलाई सुधार्ने भनेर यहाँ केही उपायहरुबारे चर्चा गरौं ।

 

. सम्झाउने 

यो सबैभन्दा उत्तम उपाय रहेको छ, जसमा पहिले तपाई आफ्नो श्रीमानलाई सम्झाई–बुझाई गर्दै, मद्यपानले आफ्नो परिवारमा अनेकौं असरहरु पैदा गर्छ र छिमेकमा पनि हाम्रो परिवारलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? यस्ता कुराहरु गर्दै श्रीमानलाई सम्झाउनुपर्छ ।

 

. सन्तानको भविष्य 

आफ्नो बुबाले जतिसुकै मद्यपान गर्ने भयतापनि ९० प्रतिशत पिताले आफ्नो सन्तानलाई अत्यधिक माया गर्छन् । श्रीमानले श्रीमतीलाई माया नगर्ने तर आफ्नो सन्तानलाई एकदमै माया गर्ने हुनसक्छ । तसर्थ तपाइले आफ्नो श्रीमानलाई रक्सि पिउँदा कति सम्पत्तीको नास हुन्छ । बरु त्यो पैसाले सन्तानलाई शिक्षा दिन, लत्ताकपडा किन्न पुग्छ भनेर सम्झाउन पर्छ ।

 

. छाडेर जाने धम्की 

धैरैपटक यस्तो पनि पाइएको छ, श्रीमानले श्रीमतीलाई एकदमै माया गर्छन् । हुनसक्छ उनिहरुको प्रेम विवाह भएको हो । श्रीमानहरु आफ्नो लतको कारणले मद्यपान गर्दछन् । तसर्थ तपाईले ‘माया’ लाई हतियार बनाउँदै श्रीमानलाई रक्सि छुटाउन सक्नुहुन्छ । तपाईले छाडेर जाने धम्की दिने पनि गर्नुपर्छ ।

 

. पैसा दिन बन्द गर्नुहोस

धेरैजसो घरको पैसा श्रीमतीले चलाउने गर्छन् । श्रीमानलाई रक्सि पिउन श्रीमतीले नै पैसा दिएको पनि धेरै पाइन्छ । तसर्थ श्रीमतीले पैसा दिन बन्द गर्दै सम्झाई–बुझाई गर्नुपर्छ ।

 

. मृत्युको डर देखाउने 

हरेक व्यक्तिलाई आफ्नो जीवन प्यारो हुन्छ । मद्यपानको कारणले कलेजो तथा मृगौला खराब भएर कैयौं मानिसको मृत्यु हुने गर्दछ । तसर्थ श्रीमानलाई सम्झाउँदै यदि तपाइलाई केही भइहाल्यो भने आफनो बच्चाहरुको के हुन्छ, उनिहरुको भविष्य के होला, मेरो के हुनेछ ? जस्ता कुराहरु गरेर तपाइले ‘इमोशनल ब्याक्मेल’ पनि गर्न सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया