सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।
साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया