धनकुटा । नेपाली मौलिकता र संस्कृती हाम्रो स्वभिमान पुस्ता हस्तान्तरण हाम्रो अभियान अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षामा रूपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ एकल तीनदिने चित्रकला प्रर्दशनि गरिएको छ ।
हाम्रो बहुमुखी पाठशाला धनकुटाको आयोजनामा धनकुटा नगरपालिका वडा नम्वर ७ का डिल्ली कृष्ण आलेको एकल चित्रकला प्रर्दशनि गरिएको हो ।
सात बर्षको कलिलो उमेरबाट चित्रकला शुरू गर्नुहुने आलेले पहिलो चित्र बिरेन्द्र राजाको कोर्नु भएको थियो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको कपडाले छोपेको प्रोट्रेट तस्वीरको प्रदर्शन गरि प्रमुख अतिथि नगरपालिकाका मेयर तामाङ्गले चित्रकला प्रर्दशनिको उद्घाटन गर्नु भएको हो ।
प्रर्दशनिमा धनकुटा जिल्लाका साथै अन्य जिल्लालाई चिनाउने कलात्मक, कारुणीक, तस्बिरहरूको चित्रण गरिएको कलाहरुको प्रर्दशनि गरिएको आयोजक संस्थाका संयोजक सरोज भुजेलले बताए ।
आउदो पिडिलाई सिप हस्तान्तरणका साथै कलाबाटै देशलाई चिनाउने र आर्थिक संबृद्दि गर्ने उद्देश्यले चित्रकला प्रर्दशनि गरिएको कलाकार आलेले जानकारी दिनुभयो ।
प्रर्दशनिले जिल्लाका लोप हुन लागेका कला, संस्कृतिको जगेर्ना गर्नुका साथै व्यावसायिक बन्ने र बनाउने बताउदै कलाको क्षेत्रबाट नै धनकुटाका हरेक स्थानहरूको परिचय गराउने, पर्यटन प्रवद्र्धनलाई विकास गरि कला मार्फत विश्व सामु धनकुटालाई चिनाउनुलगायतका उद्देश्य राखि दोस्रो प्रर्दशनि गरिएको आयोजकले जनाएको छ ।
प्रर्दशनिमा चिरबिरे चौतारो, सेल्फि चौतारो, महान व्याक्तित्व डा.झमक कुमारि घिमिरे, धनकुटा जिल्लामा मात्र बसोबास गर्दै आएका आठपहरिया राई जातिको भेषभुसा, धरान पिण्ड्श्वरि मन्दिर, नर्बदेश्वर मन्दिर, बिश्रान्ति मन्दिरलगायतका तस्बिरहरू राखिएको थियो । प्रर्दशनिको उद्घाटनमा बोल्नु हुदै मेयर तामाङ्गले कलाको विकासकालागि धनकुटा नगरपालिकाले आर्थिक सहयोग गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया