धनकुटा । शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन मुल नाराका साथ धनकुटामा विभिन्न कार्याक्रम गरी अन्तरराष्ट्रिय युवा दिवस मनाएको छ । दिवसको अवसरमा आयोजना गरिएको विद्यालय स्तरीय खुला साँस्कृतिक नृत्य प्रतियोगितामा जिल्लाका विद्यालयहरूको सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न नृत्यमा तम्मोर भ्याल्लि बोडिङ पहिलो, तुलसि मेयर दोस्रो र गोकुण्डेश्वर माध्यमिक विद्यालय तेस्रो भएका थिए । बिजेता बिध्यालयहरूलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ । प्रतियोगितामा पाएको पुरस्कार सहभागि बिध्यार्थिहरू र कोडियो ग्राफिलाई दिईने तम्मोर भ्याल्लिका प्रधानाध्यापकले बताए । दिवसको अवसरमा लोकनृत्यका साथै खुल्ला दौड प्रतियोगीता, सडक नाटक, जिल्ला अस्पताल धनकुटाका बिरामिहरूलाई फलफुल वितरणलगायतका कार्यक्रम गरि सप्ताहा व्यापी कार्यक्रम गरेको छ ।७ नम्वर युवा क्लव धनकुटा, युवा समिती धनकुटा, नगर युवा क्लव धनकुटाको आयोजना तथा क्रियटिभ युवा क्लव धनकुटा र जिल्ला युवा समिति धनकुटाको सहआयोजनामा बिभिन्न संघ संस्थाको सहकार्यमा सप्ताहा व्यापी कार्यक्रम गरि दिवस मनाएको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया