इटहरी / अन्तर्रा्ष्ट्रिय युवा दिवस सुनसरीको इटहरीमा पनि सोमबार विविध कार्यक्रम गरी मनाईएको छ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिएको छ । आज विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँएको हो । नेपालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले पुर्वी नेपालमा पनी युवाहरुले युवा विकास केन्द्र इटहरीको नेतुत्वमा युवा दिवस मनाउदै आएका छन । आज अन्तर्रा्ष्ट्रिय युवा दिवसको अवसरमा युवा विकास केन्द्र इटहरीमा आयोजित कार्यक्रममा प्रदेश १ का सासद उमिता विश्वकर्मा ले नेपालको शिक्षा सिर्जनशीलता, जिवनोपयोगी उत्पादनमुखी र रोजगारी मुलक हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेश १ मा प्रादेशिक युवा निति बनाउनका लागि पहल गर्ने प्रतिवद्धता समेत गर्नु भयो । प्रदेश १ का युवा र प्रदेश सरकार विच सकारात्मक परिवर्तका लागि भुमिका खेल्ने वताउनु भयो । दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन नसकेको युवाहरुले बताएका छन । नेपाल सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको जिल्ला युवा समिती सुनसरीका अध्यक्ष हर्कजङ एभेङ लिम्बुले बताउनुभयो । त्यसैगरी कार्यक्रम संयोजक सम्योजक संजय चौधरीले देशको सबैभन्दा ठुलो मेरुदण्ड आजको युवा र युवासंग जोडिएको जिवनोपयोगी शिक्षा प्रमुख रहेको बताउनु भयो । उहाँले देश विकासमा युवाहरु एकजुट हुनपर्ने बताउनु भयो । कार्यक्रममा प्रदेशमा युवा निति बन्नु पर्छ भन्ने विषयलाई उठाउन कार्यक्रम संयोजक संजय चौधरीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला युवा समिती सुनसरीका अध्यक्ष हर्कजङ एभेङ लिम्बु मार्फत प्रमुख अथिती उमिता विश्वकर्मालाई युवा ज्ञापन पत्र पनि हस्तान्तरण गरिएको थियो । इटहरीमा ओजीत कार्यक्रममा स्तानिय तहमा युवा ऐन निमार्णको निम्ती अन्तरक्रिया गरीएको छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवाको विदेश जाने सङ्ख्या केही घटेको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कबाट वार्षिक पाँच लाख ३८ हजार युवा विदेश जाने गरेकोमा अहिले यो संख्या तीन लाख २३ हजारमा झरेको छ । यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् । अन्तराष्टिय युवा दिवसको अवसरमा सप्ताह भरि विभिन्न कार्यक्रमहरु आयोजना गरियो जस्तै महिनावारी स्वच्छता सचेतना कार्यक्रम, युवा विकाश केन्द्र र माया घर नेपालको साझेदारी, माया घर ः मासिक सहयोग अभियान, प्याड बनाउने तालिम, सडक सचेतना कार्यक्रम, रक्त्तदान कार्यक्रम, स्लो साईकल रेस, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, अन्तर कलेज कविता प्रतियोगिता, स्लो बाईक रेसिङ्ग, सडक नाटक, “दाइजो प्रथा” सम्बन्धि नाटक प्रर्दशन, क्लेज स्तरिय नृत्य प्रतियोगिता २०७६, यौन तथा प्रजजन स्वास्थ्य अधिकार सम्बन्धी युथ सर्भे कार्यक्रम, वृहत यौन शिक्षा, वैवाहिक समान्ता, सुरक्षित गर्भपतन सम्बन्धी सचेतना कार्यक्रम आदि जस्ता कार्यक्रमहरु आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया