धनकुटा । आई एम ई लाईफ ईन्स्युरेन्स कम्पनि लिमिटेडले स्वर्गिय रामकृष्ण कर्माचार्यकी श्रीमती लक्ष्मी देवी पौडेल कर्माचार्यलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । स्वर्गिय कर्माचार्यले विगत दुई बर्ष अगाडि आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड धनकुटामा आफ्नो जिवन बिमा गरेका थिए । धनकुटा ७ निवासी लक्ष्मीका श्रीमानको अल्पायुमै मृत्यु भएपश्चात लक्ष्मीले मृत्युदाबि भुक्तानि पाउँ भनि निबेदन दर्ता गरे बमोजिम मृतककि श्रीमती लक्ष्मीलाई तीन लाख १८ हजार रूपैयाँको चेक हस्तान्तरण गरेको आई एम ई लाईफ ईन्स्योरेन्स लि शाखा प्रमुख विकाश श्रेष्ठले जानकारी दिए । उक्त रकम बराबरको चेक ईन्स्योरेन्स कम्पनिले बिमा दाबि भुक्तानिको एक कार्यक्रम गरि धनकुटा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष जग्ङ बहादुर राइ मार्फत बिमितका श्रीमतिलाई प्रदान गरिएको मिसन मुस्कान पर्यटन प्रबर्द्धन केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाले बताईन ।

तपाईको प्रतिक्रिया