जनचेतना मुलक छोटो चलचित्र ‘उद्धेश्य’ को भाग २छायांकन सम्पन्न भइ प्रसारण भएको छ ।

सुनसरिको बराहक्षेत्रका विभिन्न रमणिय ठाँउमा सो चलचित्रको छायांकन गरिएको हो। सो चलचित्रमा कलाकारहरु शिव भट्टराई (भोजपुरे), भावना भट्टराई, आयुस दाहाल, लक्ष्मि परियार, आदेश गौतम, सुजन नेपाली, राजन घिमिरे, अच्युत भट्टराई, लक्ष्मण थापा, विक्रम थापा लगाएतको भुमिका रहेको छ ।

अहिलेको अवस्थामा मानिसमा जनचेतना भएर पनि नभएको जस्तो गरिएकोले र आफु पनि कुनै उद्धेश्य नलिकन हिड्ने र अरुले लिएको उद्धेश्यलाई पनि सहयोग र हौसला दिनुपर्ने कुराको चित्रण यस चलचित्रमा गरिएको कथा लेखक निर्देशक होमप्रसाद भट्टराईले जानकारी दिनुभयो। उक्त चलचित्र युटुब मार्फत प्रसारण भएको कुरा कलाकार शिव भट्टराई (भोजपुरे) ले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया