दिल्लीको फर्स विहार इलाकाको तेलीवाडा इलाकामा एक युवकले गएराति आत्महत्या गरेका छन् । आत्महत्या गर्ने ती युवकको नाम शुभांकर चक्रवर्ती हो । उनले आफ्नो फेसबुक पेजमा लाइभ आएर आत्महत्या गरेका हुन् । यसरी फेसबुक पेजमा लाइभ आई आत्महत्या गरेको देखेपछि तुरुन्त उनका साथीहरुले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए ।

 

ती युवकले फेसबुकमा अन्तिम म्यासेज (I QUIT) लेखेर आत्महत्या गरेका हुन् । शुभांकर चक्रवर्तीको घरमा प्रहरी पुग्दा कोठाभित्रबाटै ढोका बन्द गरिएको थियो । तर, प्रहरीले शुभांकरको साथमा सुसाइड नोट भने फेला पार्न सकेन ।

 

शुभांकर चत्रवर्ती पश्चिम बंगालको नर्थ परगनाका स्थानीय बासिन्दा हुन् । उनले दिल्ली मेट्रोमा काम गर्दै आएका थिए । उनी एक्लै तेलीवाडामा रहँदै आएका थिए । अहिले यो घटनाको बारेमा प्रहरी छानविन सुरु गरेको छ, भने शुभांकरको परिवारलाई घटनाबारे जानकारी गराइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया