अहिले एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । चुनावका बेला गरेका वाचाहरुलाई पुरा गर्न नसकेको भन्दै दक्षिण मेक्सिकोमा पर्ने ह्युक्सटन  प्रान्तका बासिन्दाले एक नेतालाई महिलाको कपडा लगाएर पुरा शहर परिक्रमा गराएका छन् ।

सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गरेको भन्दै स्थानीयले एक नेतालाई महिलाको कपडा लगाएर शहर परिक्रमा गराएका हुन् । अहिले उनै नेताको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

 

ह्युक्सटन  प्रान्तका मेयर जेवियर जिमेनेजलाई महिलाका कपडाहरु लगाएर शहर परिक्रमा गराएका थिए । मिडिया रिपोर्टरका अनुसार उनले चुनाव बेला गर्छु भनेका कुराहरु पुरा  गरेका थिएनन् । उनीहरुले मेयरलाई आफुले बोलेको कुरा पुरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप यो तरिका अपनाएका हुन् ।

मेयरलाई महिलाको कपडा लगाएर स्थानीयहरुले जुलुस निकालेका थिए । त्यसअघि पनि उनीहरुले सथानीय नगरका एक अधिकारिलाई पनि वाचा पुरा नगरेको भन्दै यस किसिमको कर्वाही गरिसकेका थिए । मेयरको यो तस्बिरका साथसाथै एउटा भिडियो पनि भाइरल भइरहेको छ ।

उक्त भिडियोमा एक व्यक्ति हातमा पोस्टर बोकेर दौडिरहेका छन् । भिडियोमा व्यक्तिले पोस्टरमा आफ्ना वाचा पुरा गर्न नसकेका मेयर भनेर लेखिएको पोस्टर बोकर दौडिरहेको देखाइएको छ । एक मेक्सिकन पत्रिकाका अनुसार मेयर जेवियर जिमेनेजले शहरमा पानीको वयवस्था सुधार्नको लागि तीन मिलियन दिने निर्णय गरेका थिए । तर वाचा पुरा गर्न नसकेपछि गाउँलेले उनलाई महिलाका कपडा लगाएर शहर परिक्रमा गराएका हुन् ।

स्थानीयहरुले उनलाई रकम हिनामिना गरेको समेत आरोप लगाउँदै आएका छन् । रिपोर्टका अनुसार उनलाई ४ दिन बन्धक बनाइएको थियो । साथै उनले अब अर्काे पटक पनि वाचा पुरा गर्न नसके गाउँलेहरुले टाउको खौरिदिने धम्की दिएका छन् ।

 

तपाईको प्रतिक्रिया