दिल्ली, हृदयाघातका कारण भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ ।

अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको हो ।

६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन् । उनी विदेशमन्त्री हुँदा नेपालमा नाकाबन्दी लागेको थियो । जसको कारण उनको चर्को आलोचनासमेत नेपालमा भएको थियो ।

सन् २०१६ मा मृगौला प्रत्यारोपण गरिएकी स्वराज लामो समयदेखि बिरामी थिइन् । बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा नउठेकी हुन् ।

स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन् । उनी तीन पटक सविधानसभामा विजयी भएकी थिइन् भने सात पटक सा‌ंसद भइसकेकी छन् ।

तपाईको प्रतिक्रिया