काठमाडौ, नायीका सम्राज्ञीको हातमा हतकडी लागेको छ । प्रेम कथामा आधारीत रहेर बनेको चलचित्र मारुनीको छायान्कन गर्ने क्रममा नायिकाको हातमा हतकडी लागेको दृश्य कैद गरिएको थियो । उनको हातमा भने रियल लाइफमा हतकडी लागेको हैन ।

चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । नवल नेपालको निर्देशनमा बनेको यस चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यस ट्रेलरलाई सोमवार सार्वजनिक गरिएको हो । चलचित्रमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम कथामा आधारीत रहेर बनेको छ भने फिल्म मारुनीलाई पुनम गौतमले नै निर्माण गरेकी हुन्। सम्राज्ञीको हातमा हतकडी लाग्नुको कारण यो छोटो ट्रेलरमा हेर्नुहोस :

तपाईको प्रतिक्रिया