भारतको उत्तराखण्डमा दुई फरक दुर्घटनामा सात बालबालिका सहित १२ जनाको मृत्यु भएको छ ।

टिहरी गढवाल क्षेत्रमा विद्यालयका विद्यार्थीलाई लिएर गइरहेको एक भ्यान खाल्डोमा खस्दा सात बालबालिकाको मृत्यु भयो । दुर्घटनामा १० अन्य मानिस पनि घाइते भएका छन् । भ्यानमा १८ जना बालबालिका थिए ।

एसडीआरएफको टोली घटनास्थलमा पुगेर राहत कार्य शुरू गरेको छ । घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

अर्को दुर्घटना चाहिँ बद्रीनाथ हाईवेमा भएको हो । यात्रीहरू चढेको एक बसमा चट्टानका टुक्रा खस्दा पाँचजनाको मृत्यु भयो । घटनास्थलमा प्रहरी टोलीले उद्धार कारवाही शुरू गरेको छ । लामबगड स्लाइड जोनमा यो दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया