इटहरी/उत्कृष्ठ नतिजाको कारण विद्यार्थी र अभिभावकको मन जित्न इटहरी नमुना कलेज सफ लबनेको छ । स्थापनाको छोटो समयमा उत्कृष्ठ नतिजा निकाल्दै आफुलाई अब्बल देखाउन सक्ने कलेजमा इटहरीको इटहरी नमुना कलेज पर्छ । स्थापनाको छोटो समयमै इटहरी नमुना कलेज विद्यार्थीहरुको रोजाईमा पर्न सफल कलेज मात्र बनेन उत्कुष्ठ नतिजाको कारण प्रदेश १ मा यस कलेजको चर्चा हुन थालेको छ ।

नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई आकर्षीत गरेको इटहरी नमुना कलेजमा हालै प्रकाशित विविए र विसिए को नतिजामा उच्च अंक सहित सत प्रतिशत विद्यार्थीहरु उर्तीर्ण भएपछी विद्यार्थीहरुको आकर्षण थप बढेको छ । आज इटहरी नमुना कलेजले एक कार्यक्रम आयोजन गरी उच्च अंक सहित उर्तीर्ण सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले कलेजको शैक्षीक वातावरण , दक्ष शिक्षक तथा प्राध्यापकको कारण राम्रो नतिजा ल्याउन सफल भएको बताएका छन ।

कलेज संचालकहरुले मात्र होइन पछिल्लो नतिजा आएपछी अभिभाबक र विद्यार्थीहरुले प्रदेश १ को उत्कुष्ट शैक्षीक गन्तव्यको रुपमा इटहरी नमुना कलेज स्थापीत भएको बताउछन । यहाँको शैक्षिक वातावरणको चर्चा इटहरी वृत्तमा मात्रै नभएर पूर्वमैहुने गरेको छ । नमुना कलजेमा पढाइर् हुने अधिकांश कोर्षहरु विद्यार्थीहरुको रोजाईका विषयमा पर्छन् । इटहरीका अन्य कलेजहरुमा सञ्चालन नभएका कारण पनि यस प्रति विद्यार्थीहरु आकर्षीत भएका छन् । हाल यस कलेजमा उच्च माध्यमिकदेखि स्नाकोत्तरसम्म पढाइ हुन्छ भने ग्रिन पिस फाउन्डेसनको नेटवर्क भित्र प्ले गु्रप देखिनै अध्यापन भइरहेको छ ।

नमुना कलेजमा उच्च माविमा विज्ञान, व्यवस्थापन, होटल म्योजमेन्ट , शिक्षा , लगायतका विषय संकायमा पढाइ हुने गर्छ । त्यस्तै स्नातक तहमा विविए , बिबिएस, व्याचुलर इन होटल म्यानेजमेन्ट , व्याचुलर इन कम्प्युटर एप्लीकेसन , व्याचुलर इन सोसीएल वर्क (बिएसडब्लु) र विए , अध्यापन हुने गरेको छ । त्यतीमात्र होइन यस कलेजमा एमबिए तथा विविए कार्यक्रम भने लिङकन विश्वविद्यालयको सम्वन्धनमा सञ्चालनमा रहेको छ । विभिन्न विशेष विषय पढ्न विराटनगर वा काठमान्डौ जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै इटहरीमा मै गुणस्तरीय शिक्षा दिइरहेको कलेजका प्रचार्य धर्म न्यौपानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया