इटहरी । सुनसरीको इटहरीमा रहेको द बिहानी डान्स सेन्टरको आयोजनामा तिजको बिशेष अवसर पारेर महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्य सहित प्रदेश १ स्तरिय मिसेस तिज २०७६ आयोजना हुने भएको छ ।
२०७४ साल बाट सुरुवात भएको उक्त प्रतियोगिताको तेश्रो सस्करणको रुपमा यहि भद्र १२ गते इटहरीमा प्रतियोगिता हुने द बिहानी डान्स सेन्टरी सञ्चालीका प्रनिसा उदासले जानकारी दिईन । बिवाहित महिलाहरुको लागी मात्र हुने उक्त प्रतियोगिताको पहिलो चरणको छनौट प्रक्रिया साउन १८ गते सम्पन्न भएको छ भने १२ जना छनौट भई सकेको आयोजकले जनाएको छ । महिलाहरुलाई ¥याम्प वर्क, कुक ट्रेनिंग, उद्घोषण, ब्युटि टिप्स, जुम्बा, हेल्थ टिप्स लगायतको बिषयमा तालीम प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
म्हिलाहरुले केवल घरको चुलोचौका मात्र गर्ने नभएर बिभिन्न प्रतियोगितामा समेत भाग लिन सक्ने त्यो संगै आफ्नो आत्मबिश्वास, क्षमतामा अभिबृद्धि लगायतको काममा पनि महिलाले सक्रिय हुन सक्ने भएका कारण प्रदेश १ मा पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको हो । आगामी छनौट कार्यक्रम २३ गते बिहिबार इटहरीमा हुने छ । जम्मा ३० जना सहभागीता रहने उक्त प्रतियोगितामा १२ जना छनौट भई सकेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया