बेलाबारी, मोरङको बेलाबारी ७ स्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भएको छ । दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ क २८३३ न. को स्कुल बसले सोही दिशा तर्फ आउदै गरेको को ३३ प २१९४ न. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन ।

मोटरसाइकल चालक वर्ष ४० का रुद्र आचार्य रहेका छन । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ । घाइते आचार्यलाई उपचारको लागि विराटनगर स्थित नोबेला अस्पातल लगिएको छ भने दुवै सवारी बाहुनी प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया