सुन्दरहरैचा, माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना मा.वि. मा अध्ययानरत छात्रहरु एक्रेटिभ मिडिया प्रा. लि काे आयोजनामा इटहरीमा संचालन भएको क्वीज मेनिया सिजन ७ वल्ड वाइटमा प्रथम भै प्रदेश १ बाट छनाेट हुन सफल भएका छन ।

महानायक राजेश हमाल क्वज मास्टर रहेको साे कार्यक्रममा जम्मा ६६ जाना समूह सहभागी थिए । सुकुना मा.वि. बाट १२ जाना विद्यार्थी सहभागि भएकोमा २/ २ जनाकाे गरि ६ समुहले क्वीजमा भाग लिएकाे थियाे । जसमा युवराज खड्का तथा मन्जिल खड्काकाे समूह प्रथम भै प्रमाणपत्र प्राप्त गरि प्रदेश १ बाट छनाेट हुन सफल भएको विद्यालयका प्राधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

क्वीजकाे फाइनल चरण सेटेम्बर २ र ३ मा काठमाडौंमा राष्ट्रिय स्तरमा हुनेछ । क्वीजकाे लागि देश भरिका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने अायाेजककाे भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया