धनकुटा । आवश्यक पर्दैन, पूजा र पाठको, जस्ले सेवा गर्छ आमा र बुबाको भन्ने स्लोगन सहित धनकुटा लेडी जेसीजको आयोजनामा संस्कृती, परम्परा एवं सामाजिक सद्भाव बचाई राख्ने उद्देश्यले श्रावण १५ मा जेष्ठ नागरिकलाई खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको अवसर पारेर भरखरै अन्य जिल्लाबाट सरुवा भई जिल्लामा पाल्नु भएका बरख गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी भगवान थापा मगर र जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक सुदर्शन प्रसाद कोईरालालाई स्वागत सहित सम्मान गरीएको थियो ।
बिगतदेखि जिल्लामा सरसफाई, उद्घोषण, मेहन्दि लगाउने तालिम, टपरा बुन्ने, बृक्षा रोपण, लगायतका काम गर्दै सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएको यस संस्थाले जिल्लाको पर्यपर्याटन विकासमा महत्वपुर्ण भुमिका खेलेको पाईन्छ ।
धनकुटा लेडि जेसिका कार्याकारी उपाध्यक्ष बिसिका श्रेष्ठ र रबिना श्रेष्ठको संयुक्त संयोजनमा खीर खुवाउने कार्यक्रम सम्पन्न गरिएको हो ।
हामीलाई विश्वास छ कि ईश्वरमा आस्था मनुष्य जिवनको सार्थकता उद्धेश्य प्रदान गर्दछ । कि मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ लेडि जेसिले धनकुटा नगरपालीकामा रहेको जेष्ठ नागरीकको हलमा करीब दुईसय जना स्थानीयका साथै भवन निर्माणमा खटिएका कामदारहरुलाई समेत खीर खुवाएर श्रावण १५ मनाएको संस्थाका अध्यक्ष प्रमिसा श्रेष्ठले बताईन ।
बरख गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी भगवान थापामगरको प्रमुख आथित्यतामा सम्पन्न खीर खुवाउने कार्यक्रममा वडा नं छ का वडा अध्यक्ष धन कुमार राई, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक सुर्दशन प्रसाद कोईराला, सशस्त्र प्रहरी वल नं ६ गुल्मका स.प्र.ना.उ.बालकृष्ण श्रेष्ठ, जेष्ठ नागरीक जिल्ला संघका अध्यक्ष राम ब.श्रेष्ठ, उध्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष तारा तितुङ्ग, धनकुटा नगरपालिका स्वास्थ्य संयोजक तारा सुबेदीलगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया