धनकुटा । अबिरल बर्षाका साथै असार लागेपछि नयाँ गा्रमिण सडकको ट्रयाक खोल्ने, सडक स्तरोउन्नतीलगायतका कारण पहिरो जाँदा घरबिहिन हुन पुगेका त्रसित मजुवाबासि लाई राहात बितरण गरिएको छ ।
स्थानीय मगरबासिका अनुसार जेठ असारमा सडकको काम गर्ने प्रबृतिको अन्त्य नभए सम्म पहिरोको जोखिम कायम नै रहने भएकोले कतिबेला बाढि आएर बगाएर लाने थाहा छैन ।
बर्षाका कारण गएको पहिरोबाट बिस्थापित भएका साँगुरीगढि गाउँपालिका वडा नम्वर ६ का दश घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय धनकुटा, नेपाल रेडक्रस शाखा कार्यालय धनकुटा र नेपाली सेनालगायतले राहत बितरण गरेको छ ।
नेपाली सेनालगायतले धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालिका वडा नम्वर ६ मजुवाका बाढी र डुवानबाट अति प्रभावित दश घरधुरी परिवारलाई शोमबार राहात सामाग्री वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको प्रमुख आथित्यता एवंम साँगुरीगढि गाउँपालिका अध्यक्ष कुमारजङ्ग याख्खाको अध्यक्षतामा भेडेटार नाम्जे हुदै नाम्जेको कानेपोखरी देखि मुक्तेनसम्म पुग्ने गा्रमिण सडकमा पहिरो जादा बगाएका तीन घर र जोखिममा रहेका बाँकि सात घरपरिवारलाई राहात सामाग्री बितरण गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
२ नम्वर अड्डा हिलेका वाहिनि पती सहायक रथी याम प्रसाद ढकाल, बरख गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी भगवान थापा मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन प्रसाद कोईराला, शसस्त्र प्रहरी वल नम्वर ६ गुल्म धनकुटाका शसस्त्र प्रहरी नायव उपरिक्षक वालकृष्ण श्रेष्ठ, वडा अध्यक्ष याम प्रकास मगर, जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत सुधीर साफी, साँगुरीगढि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य भण्डारी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका कोषाध्यक्ष छत्र श्रेष्ठलगायतले पहिरो पिडितलाई राहात सामाग्री बितरण गर्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत सुधीर साफीका अनुसार साँगुरीगढि गाउँपालिकामा २४ घरमा भएको ६ करोड बढिको क्षती भए मध्ये तीन करोड ५० लाख बढिको क्षती भएका दश घरपरिवारलाई राहात वितरण गरेकोे हो ।
निरन्तर वर्षाको कारण आंशीक रुपमा क्षती बेहोरेका १४ घरको रिर्पोट माथि पठाईएको र पुर्णक्षति भएका दश घरलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले त्रिपाल सहित नगद पाँच हजार, नेपाली सेनाले कम्मल र म्याटका साथै नेपाल रेडक्रस जिल्ला शाखा धनकुटाले तीन थान राहात सामाग्री सेट र परिवार संख्याका आधारमा १५ थान त्रिपाल बितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार पुर्ण क्षति भएका उत्तम बहादुर गुर्माछान मगर, खड्क बहादुर गुर्माछान, खिलाराम गुर्माछान घर छोडि अन्यत्र आफ्न्तकामा बस्न बाध्य भएका र बस्न जोखिममा रहेका सात घर परिवार अमृत बहादुर घागा मगर, ज्ञान बहादुर घागा मगर, ज्ञान बहादुर राना मगर, तिलक बहादुर राना मगर, टिकाराम घागा मगर, टंक बहादुर घागा मगर ,अर्जुन राना मगरलगायतलाई राहात बितरण गरेको हो ।

तपाईको प्रतिक्रिया