सिराहा,  सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन ।

बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. ५००० घुसको साथ रङ्गेहात पक्राउ गरेका छन ।

मोहीको लागत पट्टा बापत सेवाग्राहीबाट ५००० रकम मागेको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया