विराटनगर, विभिन्न सामाजिक कार्य गर्दै आईरहेको राष्ट्रका लागी राष्ट्रप्रेमी अभियान अन्तर्गत राष्ट्रप्रेमी फाउन्डेसन नेपालद्वारा राष्ट्रप्रेमी सहायता केन्द्रले (पुराना तथा प्रयोग हुने सामग्री संकलन एवं वितरण केन्द्र ) स्थापना गरेको छ।

विराटनगरको वडा न. १५ मा नेपालकै सबैभन्दा पुरानो उद्योग बिराटनगर जुट मिल अगाडि पुरानो लुगाहरुलाई पुन प्रयोग गरि स्थायी रुपमा ३६५ दिन सेवा प्रदान गर्ने गरि उक्त कार्यको अभियान थालनी गरेको हो । बिराटनगर महानगरपालिका वडा न. १५ को सहयोग रहेको उक्त केन्द्रलाई वडा न. १६ अध्यक्ष मनोज सुब्बा ,समाजसेवी राजेश गुप्ता , मिशन नेपाल अध्यक्ष मिना शाही ,युवा अभियन्ताहरु पेरिस सुवेदी ,अनुज राजवन्शी , सुसिम सुवेदी ज्युहरु लगायत अथितीहरुद्वारा सामुहिक रुपमा उद्घाटन गर्नु साथै सबैले साथ एवं संरक्षणमा प्रतिबद्धता जनाउनु भएको थियो ।

आज केन्द्रबाट ८० जना भन्दा बढी व्यक्तिहरुलाई कपड़ालगायत सामग्री वितरण गरिएको थियो भने १५० भन्दा बढी व्यक्तिहरुबाट लताकपडा संकलन गरिएको थियो ।

क्लोथ बैंकको रुपमा रहेको यस केन्द्रलाई खोल्ने मात्र नभई उचित व्यवस्थापन एवं रेखदेख गरिने एवं सहयोग गर्न चाहने ले ९८०९००४०६ मा सम्पर्क गर्न सकिने राष्ट्रप्रेमी युथ क्लबका अध्यक्ष राष्ट्रप्रेमी प्रविण भुजेलले बताए । यस प्रकारको अभियानलाई अरु ठाँउमा नि सुरुवात गरिने साथै आ-आफ्नो ठाँउमा संचालन गर्न आव्हानका साथै सक्दो सहयोग गरिने राष्ट्रप्रेमी फाउन्डेसनका अध्यक्ष राष्ट्रप्रेमी आर.के. राष्ट्रप्रेमीले बताए ।

तपाईको प्रतिक्रिया