उर्लाबारी, पछिल्लो समय मोरङको उर्लाबारीमा मेयर र उपमेयर बिचको विवाद झन झन बढ्दै गएको छ । मेयर र उपमेयर बिचमा मदभेद हुदा नगरसभा पनि अवरुद्ध हुदै आएको थियो । आफ्नो पाटि निकटका पत्रकार बोलाएर उपमेयर लक्ष्मीदेवि भण्डारीले मेयर खड्ग फागोले आफुखुसी एकलैटी निर्णय गरेको र अल्पमतले नगरसभा सम्पन्न गरेको भन्दै अन्तवार्ता दिएकी थिन । नगरमा मेयरको यस्तै व्यवहार हुने हो भने नगर विकास नहुने लगाएतका आरोप लागएकी थिइन् ।

उपमेयर भण्डारीले कपोकल्पित आरोप लगाएको भन्दै मेयर फागोले पत्रकार भेला गरि नगरमा भएका अन्य विषयको पर्दाफास गरेका छन् । कुनै पनि जनप्रतिनिधीले दोहोरो सुविधा लिन नपाउने तर उपमेयर भण्डारीले नगरका जनताले गरेको प्रशिक्षण कार्यक्रममा उपस्थीत भएबापत दैनिक २५ सय देखि ३ हजार सम्म लिने गरेको मेयर फागोले प्रमाण सार्वजनीक गरेका छन । उपमेयर भण्डारीसहित न्यायिक समिति सदस्य शोभितमाया तामाङ र निरोज तिम्सनाले दोहोरो सुबिधा लिएको फागोले बताए ।

फागोले बेरुजु निस्केको रकम पुरा नभए सम्म सबै जनप्रतिनिधीको सेवा सुबिधामा रोक लाएका थिए । खोलामा तटबन्धन लगाउदा, सार्वजनिक सौचालय बनाउदा, बाटो फराकिलो बनाउदा, कल्भट निमार्ण गर्दा, अरुले रुख काट्दा, गिटी बालुवा चोरि हुदा आफुलाई मुद्धा हाल्ने गिरोह नै खडा रहेको फागोले बताए । सामाजिक कार्य गर्दा फागोलाई ३० ÷३५ ओटा अक्त्तीयारमा मुद्धा परेको फागोको भनाई छ ।

जनताको खुन र पशिनाले आर्जेको करको एक पैसा पनि भष्ट्रचार गर्दिन र गर्न दिन्न भनेर अघि बढेका फागोले अदालतमा बिचाराधीनमा रहेका मुद्धामा पहल कदमी नगरेका कारण नगरसभामा नगर सदस्यले अवरोध गरेको फागो बताउछन । नगरसभाबाटै मिलाएर जान नमानेका कारण बोका काण्ड, मकै काण्ड, बिरुवा काण्ड, पाठा पाठि काण्ड र ड्राईभिङ काण्डका वडाध्यक्षहरुले बहिस्कार गरेका थिए । जनताको करको पैसाकेहि वडाध्यक्षहरुले घोटल्ला भएको बुझेपछि फागोले प्रतिबेदन माग गरेका थिए । नगरसभामा सोहि विषय उठाएर अधिकार भन्दा बाहिरका कुरा ल्याएर अवरुद्ध गरेको फागोले बताए ।

मेयर फागोले कार्यपालिका बैठकमा पटक–पटक अवरोध सिर्जना गर्ने काम भएको र अन्तिम अवस्थामा प्रदेशको कानून अनुसार कार्यपालिका सदस्यको एक चौथाइ सदस्यको उपस्थीतिमा निर्णय गर्नुपरेको विडम्बना सुनाए । नगरको वडा नं. ८ मा अनुदानमा दिएको बोका नयाँ बर्षमा काटेर खाएको, वडा नं. ७ मा , ८÷९ मा सिलिङ बजेटबाट ड्राईभिङ सिकाउन भन्दै ६ लाखमा बिनियोजन गरेको र ५० हजारका दरले ४० जनाको सिफारीस गरेर बजेट हिनामिना गर्न खोजेका फागोले बताए ।

नगरपालिकाको बेरुजु रकम जनप्रतिनिधि आउनुभन्दा अगाडी देखिकै रहेको बताउँदै फागोले क्रमशः रुपमा फरच्यौट हुने क्रममा रहेको स्पष्ट पारेका छन् । फागोले पदाधिकारीको नाममा रहेको ३३ लाख ८ हजार बेरुजुमा १८ लाख ३९ हजार रकम फरच्यौट भईसकेको पनि स्पष्ट पारे । बिभिन्न सामान खरिदमा भने बेरुजु देखिएको र त्यस सामाग्रीको अनलाईन सफ्टवेरमा हालिसकेपछि फरच्यौट हुने नगरपालिकाका जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाले बताए ।

नगरमा हुन लागेका अस्वभाविक खर्चलाई आफुले रोक्दै करोडौँ रुपैया बचाएको समेत फगोले बताए । जस्ले जेसुकै भनेपनि आफु नीति नियम भन्दा बाहिर नजाने बरु जनताका बिचमा जाने र जनताको साथ मागि अघि बढ्ने फागोको अडान छ ।

यता उपमेयर दोहोरो सुबिधा नलिएको तर आफु मेलमिलापमा लामो समय देखि काम गर्ने भएकाले सबै वडामा प्रशिक्षण कार्यक्रम भएको त्यसमा प्रशिक्षण बापतको रकम नियम सम्बत लिएको भण्डारीको भनाई छ । बाहिर बाट प्रशिक्षण ल्याउदा खर्च नपुग्ने भएकाले नगर कै २ जनाले प्रशिक्षण दिएको उनको भनाई छ ।

स्रोत: purbelinews.com

तपाईको प्रतिक्रिया