हवस पालेका केही व्यक्तिले बलात्कार गर्ने शैली परिवर्तन गरेका छन् । उमेर पुगेका युवतीलाई उनीहरूले जबरजस्ती होइन, फकाएर बलात्कार गर्न थालेको उदाहरण केही घटनाले देखाउन थालेको छ ।
बालिकालाई बलात्कार गर्नका लागि चकलेट आदी इत्यादी दिने, डर धम्की र त्रास देखाएर बलात्कार गर्ने शैली बदलिएको छ ।
आभोली बिहे गर्छु भनी आश्वासन देखाएर बलात्कार हुन थालेको प्रहरीको अनुसन्धानले देखाएको छ । कुरा हो, गत १० असारको । लाइफकाइ विवाह गर्छु भनी बलात्कार गरेको अभियोग लागेका फरार दुई जनालाई प्रहरीले समात्यो । कैलालीको कैलारी गाउँपालिका–४ का २२ वर्षीय अरविन्द सुनार प्रहरीको नियन्त्रणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए ।
त्यस्तै प्रहरीले १ साउनमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ का २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको थियो । रानाले पनि विवाह गर्छु भनी बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
उनलाई कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतमा म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।

तपाईको प्रतिक्रिया