मीठो बोल्दै यौन सम्पर्कसम्म गर्न दिने भनेर एक व्यवसायीलाई फँसाएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने एक युवतीसहित उक्त योजना बनाउने अन्य तीन जनालाई पक्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

युवतीको माध्यमबाट बिर्तामोड झापाका एक व्यवसायीलाई बन्धक बनाउँदै ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो। ती युवतीले मीठो बोलेपछि उनी युवतीबाट प्रभावित भए। उनीहरुको इमो, भाइबरमा माया–प्रेम हुँदै याैन सम्बन्धसम्मका कुरा भए।

साउन १ गते युवतीले बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई फोन गरेर बोलाइन्। सुन्दर र जवान युवती देखेर ती व्यवसायी मख्ख परे। व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन्।

प्रतिवादी मध्येका सञ्जु क्षेत्री भनिने सुजन शंकरलाई २ वर्ष अगाडी मानव वेचविखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको पाइएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया