काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने बताएका छन्।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यस्तो प्रतिकारबाट निस्किने प्रतिफलको भागिदार स्वयम् सरकार नै हुने चेतावनी समेत दिएका छन् । शनिबार राति गिरफ्तारीमा परेका माइला लामा र जेलमा रहेका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ लगायत नेताहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन्।

उनले सरकारले एकातिर वार्ताको प्रचार गर्ने र अर्कातिर आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर देशलाई युद्धमा धकेल्ने काम गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया