आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएकी छन् ।
महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पुर्याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिए ।
काम लगाइदिने प्रलोभन दिएर किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी प्रहरी उपरीक्षक अधिकारीले बताए ।
पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्धमा रहेको थियो । घरमा कामकाज गर्दै आएको सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन् । आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थालें । योजना अनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै किशोरीलाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभङ्गा भएर दिल्ली पुर्याएको थियो ।

दिल्ली पुर्याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाईसँगै एउटै कोठामा सुत्न लगाएको र पटक÷पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छिन् । किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेकी, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छिन् ।

सत्र दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु

तपाईको प्रतिक्रिया