सुन्दरहरैचा, सडक डिभिजन कार्यालय मोरङले ठेक्का लगाएको सडक निर्माण भएको २ महिना बिती नसक्दै भत्किएपछी यती खेर सडक डिभिजन कार्यालय मोरङ र स्थानिय तह (सुन्दरहरैचा नगरपालिका ) बिच आरोप प्रत्यारोपमा व्यस्त भएका छन ।

उक्त सडकको अवस्था बिग्रीदै गए पछी सप्तकोशी अनलाइनले निरन्तर फलोअप गर्दा खेरी लिएको जवाफमा सडक डिभिजन कार्यालयका साइड इन्जिनियर सुप्रीम चुडालले स्थानिय तहले सडकमा बालुवा गिटी थुपारेको कारण पानी जमेर नयाँ बनेको कालोपत्रे भत्किएको बताए ।

यता सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले भने सडक डिभिजन कार्यालयले लगाएको उक्त ठेक्कामा भ्रष्टचार भएको जिकिर गरे । उनले सडक बनाउदा कमिसन खाने भ्रष्टचार गर्ने अनी बिग्रीए पछी स्थानिय तहलाई दोष दिने गरेको बताए । उनले लोकमार्ग स्थानिय तहले हेर्ने नहुँदा स्थानिय तहलाई दोष देखाएर तर्किनु नहुने समेत बताए ।

यता स्थानिय वासीहरु भने ठेक्केदार कम्पनिको लापरवाही भएको बताउछन । उनिहरुले यो सडक डब्बल कालोपत्रे गर्नु अघी राम्रै भएको तर डब्बल कालोपत्रे गर्दा भ्रष्टचार गरेर सडक बिगारेको आरोप लगाएका छन ।

यो पनि पढ्नुहोस्

गीताञ्जली जोशीला जेभि कन्ट्रक्सनको लापर्वाहीका कारण भत्कियो सडक

मोरङमा १ करोड ८३ लाखमा बनेको कालोपत्रे २ महिनामै भत्कियो

 

तपाईको प्रतिक्रिया