नुहाउने क्रममा पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ मा सिँचाइका लागि निर्माण गरिएको कटुवा खोला किनारको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी दाङका अनुसार आइतबार साँझ पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर मा बस्दै आएकि १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी मा बस्ने १९ वर्षीया झरणा विक र उनकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

 

तपाईको प्रतिक्रिया