नोबेल अस्पताल विराटनगरमा घुँडाको शल्यक्रिया गरिएका सुनसरीको दुहवी नगरपालिका–६ का ४० वर्षीय अनिलकुमार साहको आइतबार मृत्यु भएपछि उनका परिवार र स्थानीयले दुहबी बन्द गराएका छन् ।

मृत्युको खबरसँगै आक्रोशित बनेका स्थानीय र आफन्तले भने दुहवी बजार बन्द गराएर यातायात ठप्प पार्ने प्रयास गरेका छन् । आइतबार साँझ दुई पक्षबीच भएको वर्ता बिना निस्कर्ष टुंगिएको थियो ।

शनिबार घुडाको शल्यक्रिया गरिएका साहलाइ आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो । सामान्य घुडाको शल्यक्रिया गर्दा मृत्यु हुनुमा डाक्टरको लापरबाही भएको भन्दै आफन्त आन्दोलित बनेका छन् । साहको मृत्यु भए पछि आफन्तले अस्पतालमा पनि प्रदर्सन गरेका थिए । साहको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले शव जिम्मा लिन समेत अस्वीकार गरेका छन् । आफन्तले साहको उपचारमा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यता मोरङ प्रहरी एसपी विश्व अधिकारीका अनुसार अहिले अस्पतालमा सुरक्षा व्यवस्था मिलाउन र कुनै अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया